NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

पुस १९ गतेसम्म कांग्रेस केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक पुस १९ गतेसम्मलाई स्थगित भएको छ । प्रतिनिधिसभा विघटनपछि गत मंगलबारबाट सुरु भएको कांग्रेसको बैठक आजसम्म चलेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले पुस १३ गतेबाट देशव्यापी विरोध प्रदर्शन गर्ने जनाएको छ । आन्दोलनका कारण आगामी पुस १९ गतेसम्मलाई केन्द्रीय कमिटी बैठक स्थगित गरिएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष