NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

मन्त्रिपरिषद पुर्नगठन, जिम्मेवारी हेरफेर र नयाँ मन्त्री नियुक्त

काठमाडौँ । सरकारले मन्त्रिपरिषद पुर्नगठन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना मन्त्रीहरुको जिम्मेवारी हेरफेर र नयाँ मन्त्री नियुत्त गरेका हुन् । पूर्नगठित मन्त्रिपरिषदमा मणि थापालाई खानेपानी मन्त्रालयमा नियुत्त गरिएको छ । यस्तै प्रभु साहलाई शहरी विकास, प्रेम आलेलाई वन र गणेश ठगुन्नालाई सामान्य प्रशासन मन्त्रालयमा नियुत्त गरिएको छ । यसैगरि गौरी शंकर चौधरीलाई श्रम मन्त्रालय, दावा लामालाई युवा तथा खेलकुद र जुली कुमारी महतोलाई महिला बालबालिकामा नियुत्त गरिएको छ । यसैगरि विमला विश्वकर्मालाई उद्योग राज्यमन्त्री, भानुभक्त ढकाललाई पर्यटन र हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । सरकारले कानून मन्त्रीमा लीलानाथ श्रेष्ठलाई लगेको छ । कानून मन्त्री शिवमाया तुम्बाहाङ्फेलाई भूमिसुधार मन्त्रालयमा पठाएको छ । यस्तै गरि भूमिसुधार मन्त्री पद्मा अर्याललाई कृषि मन्त्रालयमा र कृष्ण गोपाल श्रेष्ठलाई शिक्षा मन्त्रीको जिम्मेवारी दिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष