NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

चितुवाको छाला र हड्डीसहित तीन जना पक्राउ

डोटी । चितुवाको छाला र हड्डीसहित तीन जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले उनीहरुलाई चितुवाको छाला र हड्डीसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–४ का ३१ वर्षीय किरन पुन, आदर्श गाउँपालिका–५ लामीखालका ३५ वर्षीय वीरबहादुर धामी र २२ वर्षीय योगेन्द्र धामी रहेका छन् । पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धनगढीमा बुझाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष