NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

पाथीभरा क्षेत्रमा तीन दिनदेखि भीषण आगलागी

काठमाडौं । ताप्लेजुङको तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । फुङलिङ नगरपालिकास्थित फावाखोलामा पर्ने सिम्बु सामुदायिक वनमा विगत तीन दिनदेखि आगलागी भइरहेको छ । आगो नियन्त्रण गर्ने प्रयास गरेपनि अहिलेसम्म सकिएको छैन् । आज बिहान आगो नियन्त्रण गर्नका लागि सदरमुकामबाट नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली सोही क्षेत्रमा गएको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिएका छन् । यस्तै पाथीभरा क्षेत्रका स्थानीयवासीसमेत आगो नियन्त्रणका लागि आगलागी क्षेत्रमा गएको बताइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष