हेटौँडामा बस दुर्घटना हुँदा एकको मृत्यु

हेटौँडा । हेटौँडा नारायणगढ सडकखण्डमा भएको बस दुर्घटनामा एकको मृत्यु भएको छ । उक्त सडकखण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा शनिवार दिउँसो यात्रुवाहक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई बस्तीपुरमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा लमजुङ सुन्दरबजार नगरपालिका–८ बस्ने ३२ वर्षीय हरि गौलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका गौलीको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेहरले जानकारी दिए। सोही दुर्घटनामा परी अन्य आठ जना घाइते समेत भएका छन् ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया