NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

भारतीय नक्कली नोटसहित दुई पक्राउ

विराटनगर । भारतीय नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । गए राति भारतीय नक्कली नोटसहित दुई जनालाई प्रहरीले मोरङको रङ्गेली नगरपालिकाबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बौका चोप्रहा निवासी ३० वर्षीय कुन्दन र अर्का भारतीय नागरिक शिवरञ्जन सिंह रहेका छन् । कुन्दनको साथबाट तीन हजार चार सय रुपैयाँ बराबरका दुई सयका भारतीय नक्कली नोट र सिंहको साथबाट १४ हजार तीन सय बराबरका सयका नक्कली नोट बरामद गरिएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । प्रहरीले दुवै जनालाई मोरङको रङ्गेली नगरपालिका क्षेत्रबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष