NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

एमसीसीको पक्षमा उभिए उर्जा मन्त्री रायमाझी

काठमाडौँ । नवनियुक्त उर्जा मन्त्री टोपबहादुर रायमाझी एमसीसीको पक्षमा उभिएका छन् । रायमाझीले आज मन्त्रालयमा पदभार ग्रहण गर्दै एमसीसी नेपालको हितमा भएको बताएका हुन् । उनले मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग सम्बन्धित विषय देशको पक्षमा रहेको बताए ।‘त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्नुस्,’ मन्त्री रायमाझीले भने । यस्तै उनले सिँचाइको क्षेत्रका सम्भावनालाई केलाउँदै योजना बनाएर अगाडि बढ्नुपर्ने बताएका छन् । उनले मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्री रायमाझीले आगामी दिनमा ऊर्जा उत्पादन र खपत बढाउँदै जाने आफ्नो योजना सुनाएका छन्।

ताजा अपडेट

नेपालवाच विशेष