NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

प्रदेश १ : मुख्यमन्त्री राईविरूद्ध अविश्वास प्रस्ताव, आचार्यले पुर्‍याए बहुमत

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रदेशसभा सचिवालयलमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले मुख्यमन्त्री राईविरूद्ध विहान १०ः४५ बजे अविश्वासको प्रस्ताव दर्ता भएको बताए । राईविरूद्ध बहुमत प्रदेश सांसद्को हस्ताक्षरसहित अविस्वासको प्रस्ताव दर्ता भएको हाे । प्रस्तावमा ईन्द्र आङ्बो प्रस्तावक र लक्ष्मण तिवारी समर्थक रहेका छन् । उनीहरूले ३७ जना प्रदेशसभा सांसद्को हस्ताक्षर बुझाएको पनि पराजुलीले जानकारी दिए । उनीहरूले आफ्नो तर्फबाट मुख्यमन्त्रीका रूपमा प्रदेशसभा सदस्य भीमप्रसाद आचार्यको नाम पनि बुझाएका छन् । राई र आचार्य दुवै जना पूर्व एमालेका सांसद् हुन् । ०७४ माघमा तत्कालीन एमालेले प्रदेश १ को संसदीय दलको नेता निर्वाचनमार्फत चयन गरेको थियो । त्यतिबेल एमालेले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका थिए । उनी प्रधानमन्त्री केपी ओली समूहका हुन् । सो निर्वाचनमा नेपाल समूहका आचार्य झिनो मतले पराजित भएका थिए । निर्वाचनमा राईले २६ मत ल्याएका थिए भने आचार्यले २४ मत ल्याएका थिए । एक मत बदर भएको थियो । पछि तत्कालीन माओवादी केन्द्र पनि मिलेर बनेको नेकपा बनेपछि पनि राई संसदीय दलको नेता चयन भएका थिए । त्यहाँ पूर्व माओवादीका १५ जना सांसद् थिए । यो प्रदेशमा ९३ सदस्यीय प्रदेशसभा सांसद् छन् ।

ताजा अपडेट

नेपालवाच विशेष