हुम्लाका महिलाले कात्तिकदेखि पाएनन् सुत्केरी भत्ता

हुम्लाको दक्षिणी क्षेत्रमा रहेका महिलाले कात्तिकदेखि सुत्केरी भत्ता नपाएको गुनासो गरेका छन् । तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाका महिलाले आफूहरु सुत्केरी हुँदा पाउनुपर्ने भत्ता नपाएको बताएका हुन् । प्रसूतिगृहमा सुत्केरी हुनेलाई निश्चित रकम भत्ता दिने सरकारी व्यवस्था भए पनि गाउँपालिकाबाट रकम निकासा नहुँदा भत्ता नपाएको ताँजाकोट गाउँपालिका–२ निवासी मैलागाउँका राजपुरा सुनारले गुनासो गरिन् । गत कात्तिकमा सुत्केरी भएको तर हालसम्म सुत्केरी र गर्भवती जाँच गरेवापत पाउने भत्ता नपाएको सुनारले गुनासो गरिन् । भत्ताकै लागि तीनपटक स्वास्थ्यचौकीमा पुग्दा गाउँपालिकाबाट भत्ता नआएकाले दिन नसकिएको जवाफ पाएको उनले बताइन् । सुत्केरी भएकै बेला दिएर पोषिलो खानेकुराका लागि पाउनुपर्ने भत्ता सात महिनासम्म नपाएको अर्की सुत्केरी गरी बुढाले बताइन् । आफू असारमा सुत्केरी भएको तर भत्ता नपाएको गुनासो गरिन् । सुत्केरी भत्ताका साथै गर्भजाँच गराएको भत्ता पनि नपाएको यहाँका महिलाले गुनासो गरेका छन् । राज्यबाट गर्भवतीलाई प्रसूतिगृहमा सुरक्षित सुत्केरी गराउनका लागि प्रोत्साहनस्वरूप भत्ताको व्यवस्था गरे पनि कार्यक्रम कार्यान्वयन गर्ने निकायको लापरवाहीले गर्दा हालसम्म भत्ता नपाएका हुन् । प्रसूतिगृहमा सुत्केरी हुने महिलाले तीन हजार रूपैयाँ प्रोत्साहन भत्ता र गर्भवती भएका बेला चारपटक गर्भजाँच गरेवापत प्रतिपटक दुई सयको दरले ८ सय रुपैयाँ गरी एक महिलाले तीन हजार ८ सय रुपैयाँ पाउँछन् ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया