लेबनानमा पनि कोरोनो भाइरसको नयाँ संक्रमण भेटियो

लेबनानमा पनि कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको छ । बेलायतबाट लेबनानको राजधानी बेरुतमा पुगेका एकजना व्यक्तिमा यो संक्रमण भेटिएको लेबनानका स्वास्थ्य मन्त्री हमाद हसनले बताएका छन् । गएको सोमबार जहाजबाट लेबनानको राजधानी बेरुतमा आएका एकजना नागरिकमा यो संक्रमण भेटिएएपछि सो जहाजमा आएका सबैजना यात्रुहरुलाई सतर्क रहनका साथै अन्य सुरक्षित मापदण्डहरु अपनाउन भनिएको स्वास्थ्य मन्त्री हसनले जानकारी दिएका छन्।ती संक्रमित भेटिएपछि लेबनानको सरकारले बाहिरबाट आउने उडानहरुमाथि प्रतिबन्ध लगाएको छ । केही समयअघि मात्र बेलायतमा देखिएको नयाँ कोरोना भाइरस युरोपका विभिन्न देशमा पनि देखिएको छ ।यो संक्रमण फ्रान्समा पनि पहिलो पटक देखा परेको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गत साता लन्डनबाट फर्किएका फ्रान्सेली पुरुषमा उक्त भाइरस रहेको पाइएको छ । उनलाई उनकै घरमा आइसोलेसनमा राखिएको र अहिलेसम्म उनमा कुनै लक्षण भने नदेखिएको बताएको छ ।सो नयाँ संक्रमणको घटनापछि फ्रान्सले पनि गएको बुधवारदेखि नै बेलायतसँगको आवतजावतमा प्रतिबन्ध लगाउने बारेमा नीति बनाएको थियो । यसअघि भाइरसको उक्त नयाँ प्रकार डेनमार्क, अस्ट्रेलिया र द नेदरल्यान्ड्समा पनि पाइएको थियो । नयाँ प्रकारको भाइरस थप संक्रामक भएको भन्ने विवरणहरु आइरहेका छन् ।यसपछि विश्वका थुप्रै देशहरुले ब्रिटेनबाट आउने र जाने उडान रद्द गरिदिएका छन् । नयाँ प्रकारको भाइरसको संक्रमण रोक्न बेलायतमा पनि अहिले अत्यन्तै कडा बन्देजहरू लागु गरिएका छन् । रासस
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया