NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

नयाँ कोरोना भाइरसको संक्रमण देखिएपछि जापानले भोलिबाट यात्रु प्रवेशमा रोक लगाउने

जापानमा नयाँ कोरोना भाइरस भेटिएसँगै सोमबारबाट लागू हुने गरी विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लाग्ने भएकाे छ । यो निणर्यअनुसार जापानले नेपाललगायतका मुलुकहरुबाट आउने विदेशी नागरिकहरुलाई प्रवेशमा रोक लगाउने छ । शनिबार जापानको टोकियोमा बेलायत भ्रमणबाट फर्किएका दुईजनामा कोरोनाको नयाँ भेरियन्ट देखिएको थियो । यसअघि शुक्रबार पनि बेलायतबाट आएका पाँच जनामा नयाँ भेरियन्टको संक्रमण देखिएको थियो । यो प्रतिबन्ध जनवरीको अन्तिमसम्म कायम हुनेगरि विश्वका अधिकांश मुलुकहरुमा लागू हुनेजापानको विदेशमन्त्रालयले जनाएको छ । तर १४ दिन क्वारेन्टिनमा बस्ने शर्तसहित जापानी नागरिक तथा जपानमा बसोबास गर्ने विदेशीहरु भने जापानमा जान पाउनेछन् । कोरोनाको नयाँ भेरियन्ट सबैभन्दा पहिला बेलायतमा देखिएको थियो । बेलायतमा कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै विश्वका ४० भन्दा धेरै मुलुकहरुले बेलायतमाथि प्रतिबन्ध लगाइसकेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष