प्रचण्ड र चिनियाँ टोलीबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको समूह र नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । चिनियाँ समूह र प्रचण्डबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको हो । भेटमा नेकपा विभाजनदेखि प्रतिनिधि सभा विघटन लगायतका विषयमा कुराकानी भएको बताइएको छ । प्रतिनिधिसभा विघटन भएसँगै पछिल्ला केही दिनयता नेपालप्रति चिनको चासो उल्लेख्य रुपमा बढेको देखिएको छ । केही दिनअघि चिनियाँ राजदूत हाउ यान्छीले राष्ट्रपति विद्यादेवि भण्डारी, प्रचण्ड लगायतका सँग भेट गरेकी थिइन् । यता आइतबार नेपाल आएको चिनियाँ टोलीले पनि प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति भण्डारीसँग भेट गरिसकेको छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया