इलाममा ६.५ मेगावाट जलविद्युत् आयोजना सञ्चालन हुने

इलाम । इलाममा ६.५ मेगावाटको जलविद्युत आयोजना सञ्चालनमा आउने भएको छ । इलामको सिद्धिखोलाबाट ६।५ मेगावाटको जलविद्युत् सञ्चालन हुन लागेको हो । रोङ गाउँपालिकामा र सूर्योदय नगरपालिकाको सिमाना बनाएर बग्ने सिद्धिखोलामा सिद्धि हाइड्रो सञ्चालनमा ल्याइ ६.५ मेगावाट जलविद्युत उत्पादन गर्न लागिएको हो । आगामी वर्ष २०७८ साउनसम्ममा काम सम्पन्न हुने इञ्जिनीयर दिवस भट्टराईले बताए । भट्टराईका अनुसार आयोजना पुरा गर्दा करिब एक अर्ब २० करोड रुपैयाँ लगानी हुनेछ । यस खोलामा यसअघि लुम्बिनी हाइड्रोले १०.२ मेगावाट बिजुली निकाल्ने तयारी गरेको थियो । तर खोलामा पानीको मात्रा कम भएकाले बढी विद्युत् निकाल्न नसकिने भन्दै ६.५ मेगावाट विद्युत् उत्पादनको तयारी थालिएको हो ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया