प्रहरी हत्यामा संलग्न योजनाकार पक्राउ

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले गत कार्तिक १ गते अस्थाई प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरीको हत्यामा संलग्न एकलाई पक्राउ गरेको छ । प्रहरी सहायक निरिक्षक गोबिन्द बिक र प्रहरी जवान राम बहादुर साँउदको हत्याको अभियोगमा एक जनालाई पक्राउ गरिएको हो । प्रहरी कार्यालय कैलालीले सुक बहादुर भन्ने अमर रानालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई कैलालीको धनगढी उपमहागरपालिका–१९ फुलबारी क्षेत्रको नेपाल–भारत सिमा नजिकैबाट पक्राउ गरेको हो । अभियुक्त रानालाई आजै जिल्ला अदालतमा पेश गरिने प्रहरी कार्यालयले जनाएको छ । गत कार्तिक १ गते बिक र साउद सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि खटेको बेला धारिलो हतियार प्रयोग गरि उनीहरुको हत्या भएको थियो । बिकको लाश भोलीपल्ट फेला परेको थियो भने साउँदको लाश तीन दिनपछि मात्रै मोहना नदीमा फेला परेको थियो । अभियुक्त राना केराउको तस्करी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सोही तस्करी रोक्न खोज्दा उनको टोलीले प्रहरीको हत्या गरको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया