हामी एकताकै पक्षमा छौं-भट्टराई

काठमाडौं । राजनीतिक रुपले विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले आफ्नो समूह अहिले पनि पार्टी एकताकै पक्षमा रहेको बताएका छन् । प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आएमा आफ्नो समूह पार्टी एकताकै पक्षमा रहने बताएका हुन् । भट्टराईले उक्त कार्यक्रममा संविधानमा कहीँकतै प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने व्यवस्था नभएको बताएका थिए । सँगै, अहिलेको अवस्थामा निर्वाचन आवश्यक नभएको भन्दै प्रतिनिधिसभा विघटनको निर्णय सच्चिनेमा आफू ढुक्क भएको भट्टराईले बताए ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया