सामुदायिक वनमा लागेको आगो पाथीभरा मन्दिर पुग्यो

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रको सामुदायिक वनमा लागेको आगो पाथीभरा मन्दिर परिसरमा पुगेको छ । पाँच दिनअघि सुरु भएको पाथीभरा मन्दिर क्षेत्रको आगो अझैं नियन्त्रणमा आउन सकेको छैन् । मन्दिर क्षेत्रको सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको हो । फुङलिङ नगरपालिकास्थित फावाखोलामा पर्ने सिम्बु सामुदायिक वनमा विगत पाँच दिनदेखि आगलागी भइरहेको छ । आगो नियन्त्रण गर्ने प्रयास गरेपनि अहिलेसम्म सकिएको छैन् । सोमबार बिहान उक्त आगलागी पाथीभरा मन्दिर परिसरसम्म पुगेको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशन मनकारी काफ्लेका अनुसार सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्न नसक्दा मन्दिर परिसरसम्म आइपुगेको हो । हालसम्म मन्दिर भने सुरक्षित रहेको काफ्लेले बताए ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया