वाग्मती र लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखसहित पाँच जनामाथि तीन करोड बढि भ्रस्टाचार गरेको आरोप

काठमाडौं । वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुख राजकुमार श्रीवास्तवसहित,पाँच जनामाथि तीन करोड बढि भ्रस्टाचार गरेको आरोप लागेको छ । लालबकैया नदी नियन्त्रण आयोजना अन्तर्गत स्टड निर्माणमा प्रयोग भएको ग्यावियन तारको गुणस्तर परिक्षण नगरि बिल भुक्तानी गरि गैरकानुनी रुपमा लाभ गरेको आरोप सहित विशेष अदालत, काठमाडौंमा आरोप पत्र दर्ता गरिएको अख्तियार अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए । अधिकारीले विज्ञप्ती जारी गर्दै नदी नियन्त्रण ओजनाको ठेक्काको समयमा सम्पन्न गर्न नसकेको उजुरी निवेदनमा अनुसन्धान हुँदा वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुख श्रीवास्तव र इन्जिनियर पाण्डप प्रसाद देवले स्टड निर्माणमा प्रयोग ग्यावियन तार परिक्षण बिना नै प्रयोग गरेको र गुणस्तरहीन ग्यावियन तारलाई स्वीकृत स्पेशिफिकेशन बमोजिम गुणस्तरयुक्त भन्दै बिल भुक्तानी गरको भन्दै आरोप पत्र दर्ता गरिएको बताएका छन् । श्रीवास्तव र देवसहित महादेव खिम्ती, रवि सिंह, मदन कुमार अधिकारी र सन्तोष प्रधान (शाही)माथि आरोप पत्र दर्ता गरिएको विज्ञप्तीमा जनाइएको छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया