वनको डढेलो निभाउन कठीन भयो, पाथीभरा मन्दिर सुरक्षित छः मेयर प्याकुरेल

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रको सामुदायिक वनमा लागेको आगो पाँच दिनदेखि नियन्त्रण बाहिर छ । फुङलिङ नगरपालिकास्थित फावाखोलामा पर्ने सिम्बु सामुदायिक वनमा विगत पाँच दिनदेखि आगलागी भइरहेको छ । फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलका अनुसार अहिले सामुदायिक बनमा लागेको आगो मन्दिर परिसरभन्दा केही किलोमिटर परसम्म आइपुगेको छ । उनले भने, ‘सामुदायिक वनमा लागेको आगो मन्दिर परिसरको छेउछाउ आएको छ । तर, मन्दिर आगोबाट सुरक्षित छ । हामीले मन्दिरलाई सुरक्षित राख्ने काम गरिरहेका छौं ।’ पाँचदिनअघि पुष ९ गतेबाट अचानक सुरु भएको डढेलोको कारण हालसम्म पत्ता नलागेको प्याकुरेलले बताए । उनले भने, ‘आगो के कारणले लागेको हो भन्ने अहिलेसम्म पत्तो लागेको छैन् । गोठालाले लगाए कि कसैले चकचक गर्दा लगाए थाहा पाएका छैनौं ।’ विगत पाँचदिनदेखि निरन्तर आगो निभाउने प्रयास गरेपनि हालसम्म आगो निभेको छैन । प्याकुरेलका अनुसार आगो भिरालो ठाउँमा लागेकाले निभाउन अफ्ठ्यारो भएको हो । ‘पुराना रुखहरु जलेकाले आगो ठूलो भएको देखिएको छ,’ उनले भने, ‘हामीले आगो निभाउने प्रयास गरिरहेका छौं । तर, आगो भिरालो ठाउँमा लागेकाले कोही जान मिल्दैन् । अफ्ठ्यारो ठाउँ हुँदा आगो निभाउनमा समस्या भईरहेको हो ।’ आगो लागेको क्षेत्रमा हेलिकप्टरबाट पनि पानी पठाउनसक्ने सम्भावना नभएको प्याकुरेलले बताए । उनका अनुसार उक्त क्षेत्रमा हेलिकप्टरबाट पानी हालेर आगो निभाउन पनि सम्भव छैन् । उनले भने, ‘मान्छे जान सक्ने अवस्था छैन् । ठूला पुराना रुखहरु भएकाले आगो चाडो ननिभ्दो रहेछ । त्यहाँ हेलिकप्टर लिएर पानी हाल्न पनि भिरालो हुँदा असम्भव छ ।’ हाल आगो निभाउनलाई सदरमुकाम क्षेत्रबाट दमकलले प्रयास गरिरहेको उनले बताए । उनले भने, ‘अहिले हामीले आफूले सक्ने प्रयास गरिरहेका छौं । मन्दिर सुरक्षित हुँदा धेरै चिन्ता छैन् । आगो निभाउनमा हाम्रो प्रयास भईरहेको छ ।’
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया