संविधान बचाउन कांग्रेसमा सडकमा आउनुपर्योः शशांक

काठमाडौं । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी ओलीबाट संविधान विपरीतको कदम चालिएको भन्दै कांग्रेस यसको रक्षामा उभिने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नवलपुर–१ मा आयोजित विरोधसभालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले ७२ वर्षपछि संविधानसभाबाट आएको संविधानप्रति ओलीले धावा बोलेको उनको भनाई थियो । ‘कांग्रेसले संविधानसभाको माग गरेको झण्डै ७२ वर्षपछि संविधानसभाबाट संविधान आएको छ । तर, प्रधानमन्त्री केपी ओलीले संसद भंग गरेर संविधान र लोकतन्त्रविरोधी काम गरे’ शशांकले भने, ‘ संविधानसभाले दिएको संविधानको रक्षा हुनुपर्छ भन्नेमा हामी छौं । ओलीको कदम संविधानविरोधी हो । उनले म प्रधानमन्त्री भएपछि जे पनि गर्न पाउँछु भन्दैछन् । लोकतन्त्रमा यस्तो हुँदैन । संविधानले उनलाई यस्तो बाटो दिएको छैन ।’ संविधानलाई बचाउन आफूहरु सडकमा आउनुपरेको उनको भनाई थियो । सरकार अस्थिर भएकोले दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने व्यवस्था गरे पनि ओलीले आफ्नो दलमा बहुमत हुँदा पनि संविधानविरोधी हर्कत गरेको आरोप उनको थियो ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया