NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

प्रतिनिधिसभा पुनः स्थापना गरेरै छाड्छौं: भुसाल

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले आफूहरुले प्रतिनिधिसभा पुनःस्थापना गरेरै छाडने बताएका हुन् । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को परासीमा पत्रकारसँग कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘मुलुकमा क्षति हुनुभन्दा पहिला नै संसद् पुनःस्थापना गर्नुपर्छ, हामी पुनःस्थापना गरेरै छाड्छौं ।’ सँगै, उनले प्रतिनिधिसभा पुनः स्थापना गर्नुको विकल्प नभएको पनि बताएका छन् । पूर्वमन्त्री भुसालले आगामी वैशाखमा हुने भनिएको चुनाव हुनै नसक्ने जनाउँदै अदालतले जनताको चाहना अनुसार फैसला गर्ने विश्वास व्यक्त गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष