NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

ओलीजी तपाईंको चुच्चे रेल कता गुडिरहेको छ ?

काठमाडौं । काँग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको चर्को आलोचना गरेका छन् । काँग्रेसले आयोजना गरेको देशव्यापी विरोध प्रदर्शन अन्तर्गत आज तनहुँको क्षेत्र नम्बर २ मा पर्ने भीमादमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता पौडेलले ओलीले देश र जनताका लागि गर्नुपर्ने केही पनि नगरेको भन्दै आलोचना गरेका हुन् । ‘ओलीजी तपाईंले भनेको चुच्चे रेल कता गुडिरहेको छ ?’, ओलीप्रति आक्रामक रुपमा प्रस्तुत भएका पौडेलले प्रश्न गर्दै भने, ‘केपी ओलीलाई भ्रष्टाचारीलाई कारबाही गर्न कसले रोक्यो ? तपाईंले कति वटा घरमा ग्याँसका पाइप जोड्नु भयो ? नेपालको झण्डा फहराएको पानी जहाज प्रशान्त महासागरको कुन कुनामा पुग्यो ?’ पौडेलले ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर संविधान नै समाप्त पार्न लागिपरेको आरोप समेत लगाए ।

ताजा अपडेट

नेपालवाच विशेष