सातै प्रदेशमा पर्यटन बोर्डको कार्यालय स्थापना हुने

काठमाडौं । नेपाल पर्यटन बोर्डले सातैवटा प्रदेशमा कार्यालय स्थापना गर्ने भएको छ । पर्यटन प्रर्वद्धन लागि बोर्डले देशभरका सातै प्रदेशमा आफ्नो कार्यालय स्थापना गर्न लागेको हो । अहिले काठमाडौंमा मात्रै पर्यटन बोर्डको कार्यालय भएकाले कुनै पनि कामका लागि काठमाडौं नै आउनुपर्ने बाध्यता छ । प्रदेशस्तरीय कार्यालयको स्थापनाले यो बाध्यता हटाइ कार्यविभाजमा सहज हुने अपेक्षा रहेको बोर्डले जनाएको छ । हरेक प्रदेशको राजधानीमा कार्यालयसँगै प्रदेशको अर्को शहरमा सूचना केन्द्र पनि स्थापना हुनेछन् । कोरोना महामारीको कारणले आवतजावतमा समस्या हुँदा प्रदेशस्तरबाट लामो समयदेखि बोर्डको कार्यालय स्थापना हुनुपर्ने आवाज उठिरहेको थियो ।अब प्रदेश स्तरीय कार्यालयको लागि नियुक्ती पनि भइसकेको बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले बताए । यसले पर्यटनसँग सम्बन्धित कामको लागि काठमाडौं धाउनुपर्ने उल्झनलाई चिर्नेसँगै निजि क्षेत्रसँगको साझेदारीलाई बढाउने बताउँछन् उनी ।आगामी पुस १५ बाट सबै कार्यालय सञ्चालनमा आउने गरि काम भइरहेको बोर्डका प्रवक्ता मणिराज लामिछानेले बताए ।‘यो कदमले व्यवसायीलाई बोर्र्ड तपाइहरूको साथमा छ भन्ने सन्देश पनि दिन्छ,’ उनले भने, ‘प्रदेशस्तरिय पर्यटकीय गतिविधिलाई प्रचार गर्नका लागि पनि थप मद्दत पु¥याउँछ ।’हालसम्म बागमती र गण्डकी प्रदेशमा मात्रै सिमित रहेको बोर्डको कार्यालय अब प्रदेश स्तरमा पनि स्थापना हुन लागेको हो ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया