NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

असिना परेपछि सुन्तला उत्पादनमा कमी

नवलपरासी । सुन्तलाको फूल लाग्ने बेलामा असिना परेपछि यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको हो । गएको चैत वैशाखमा परेको असिनाका कारण सुन्तला उत्पादनमा कमी आएको हो । असिनाका कारण बोटमा क्षति पुग्दा उत्पादनमा कमी आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जात फलफूल जोन कार्यक्रम नवलपुरका प्रमुख वरिष्ठ कृषि अधिकृत विष्णुप्रसाद शर्माले बताए । नवलपुरमा यस वर्ष करिब २० हजार टन सुन्तला उत्पादन भएकोे छ । गत वर्ष जिल्लामा २२ हजार ३८ टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष सुन्तला उत्पादनमा करिब १० प्रतिशतले कमी आएको शर्माले जानकारी दिनुभयो । यस वर्ष सुन्तला बिक्रीबाट करिब आठ करोड रुपैयाँको कारोवार हुने अनुमान गरिएको छ । गत वर्ष जिल्लामा सुन्तला बिक्रीबाट नौ करोड रुपैयाँ आम्दानी भएको थियो । गत वर्ष किसानले थोक मूल्य सरदर ३० देखि ४० रुपैयाँ प्रतिकिलो मूल्यमा बिक्री गरेका थिए । यस वर्ष सुन्तलाको मूल्यमा खासै गिरावट आएको छैन । यस वर्ष सरदर ५० देखि ६० रुपैयाँ प्रतिकिलो किसानले थोकमा बिक्री गरिरहेको शर्माले जानकारी दिए । मूल्यमा यस वर्ष वृद्धि भएकाले उत्पादनमा कमी आए पनि आम्दानीमा भने धेरै फरक नआएको उनको भनाई छ ।

ताजा अपडेट

नेपालवाच विशेष