ओली सरकारविरुद्ध विप्लवसहित चार कम्युनिष्ट पार्टीको मोर्चा बन्ने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीहरुले प्रतिनिधिसभा विघटन विरुद्ध मोर्चा बनाउने भएका छन् । मंगलबार एक विज्ञप्ती जारी गर्दै चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले मोर्चा बनाउने सहमति भएको बताएका हुन् । संयुक्त रुपमा जारी गरिएको उक्त विज्ञप्तीमा दलाल तथा प्रतिक्रियावादी सत्ता, व्यवस्था र सरकारमा आएको गम्भीर संकटलाई फासीवादी तरिकाले हल गर्ने दुष्प्रयासस्वरुप तथा वैदेशिक शक्तिको आड भरोसा र इसारामा केपी सरकारले संसद् विघटन गरिएको निष्कर्ष चार पार्टीले निकालेका छन् । त्यस्तै, उक्त विज्ञप्तीमा भनिएको छ, ‘केपी ओलीको कदम निरंकुश एवम् फासिवादी केपी सरकार र उनको पार्टीको आन्तरिक मामिला नभएर दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाको असफलताको द्योतक हो ।’ ओली नेतृत्वको सरकार विरुद्ध अग्रगामी राजनीतिक विकासको निम्ति चार पार्टीले संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको विज्ञप्तीमा बताइएको छ । विज्ञप्तीमा मोर्चा बारे चाडै घोषणा हुने बताइएको छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया