NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

ओलीले गफैगफमा तीन वर्ष बिताएः खनाल

काठमाडौं । राजनीतिक रुपमा विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले गफ गरेरै तीन वर्ष बिताएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित प्रदर्शन कार्यक्रमपछिको सभामा सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् । ‘गफैगफै हाँकेर तीन वर्ष बिताउनुभयो । पानी जहाज, घरघरमा ग्यास कहाँ आइपुग्यो?,’ उनले भने, ‘उहाँकै घरमा गयो । उखान र टुक्का हालेर देश बन्दैन । सही नीति र विचार चाहिन्छ ,तीन वर्षमा मरिचमानले गरेजति, नगेन्द्र रिजालले गरे जति काम पनि ओलीले गर्न सकेनन् ।’ सँगै उनले ओलीले एकलौटी ढंगले सरकार चलाएको बताउका छन् । उनले भने, ‘एकलौटी ढंगले चल्नुभयो । नीति कार्यक्रम बनाउनुभयो । पूजीवादी नीति बनाउनुभयो । समाजवादमा जान नयाँ कृषि, औद्योगिक र शिक्षा, भूमि, स्वास्थ्य नीति चाहिन्छ भन्यौं । तर, जबर्जस्ती नीति ल्याउनुभयो । बजेट पनि न्यायोचित ढंगले ल्याउनुभएन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले सडक र पुललाई सजावाद देख्ने र अरुको कामको श्रेय आफूले लिएको खनालले बताए । उनले भने, ‘तर, उहाँले विश्व चकित भएको छ भन्नुभयो । सडक र पुललाई समाजवाद देख्नुभयो । रानी पोखरी बनाए भननुभयो । त्यो त कालीगडहरुले बनाए, धरहरा पनि सिकर्मी, डकर्मी र कालीकगढाहरुले बनाएका हुन् ।’

ताजा अपडेट

नेपालवाच विशेष