NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

ओली गणतन्त्रवादी होइन्, ‘बयलगाडावादी’ हुन्ः प्रचण्ड

काठमाडौं । राजनीतिक रुपमा विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले ओली गणतन्त्रवादी नभएर ‘बयलगाडावादी’ भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजना भएको नेकपाको प्रचण्ड–नेपाल समूहको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘ओली गणतन्त्रवादी होइन, बयलगाडावादी हुन् । संघीयता विरोधी हुन । धर्मनिरपेक्षता विरोधी हो भन्ने मलाई थाहा छ ।’ उनले ओली गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी विरोधी भएको र आफूले ओलीलाई बुझ्न नसकेको बताएका छन् । ‘हामीले केपी ओलीलाई बुझन् सकेनछौं’, प्रचण्डले भने, ‘यति छिटो संविधानमाथि यति छिटो आक्रमण हुन्छ भनेर सोचेका थिएनौं ।’

ताजा अपडेट

नेपालवाच विशेष