NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

नेप्से सूचकसँगै कारोबार रकममा पनि वृद्धि

काठमाडौं । मंगलबार नेप्से सूचकका साथै कारोबार रकम पनि सामान्य रुपमा बढेको छ । कारोबार समयमा ठूलो उतारचढाव नदेखिएको मंगलबारको सेयर बजार अन्तिममा सामान्य अंक बढेर बन्द भएको हो । यस दिन नेप्से सूचक ५.५७ अंक बढेर २०१२.८९ विन्दुमा पुगेको छ । आज २०९ वटा कम्पनीको ८० लाख कित्ता सेयर ४ अर्ब ९ करोड रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन ४ अर्ब भन्दा थोरैको सेयर कारोबार भएकोमा आज यस्तो रकम केहि बढेको हो । आजको कारोबारमा उत्पादनमूलक कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखिएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ । यस दिन उक्त उपसमूहको सूचक सबैभन्दा धेरै ४ प्रतिशतले बढेको छ । यस दिन उत्पादनमूलक समूहका शिवम् सिमेन्टको सेयर मूल्य ५.६७ प्रतिशतले बढेको छ । यता हिमालयन डिस्टिलरीको पनि ४ प्रतिशतले बढेको छ । यता हाइड्रोपावर उपसमूहको सूचक भने सबैभन्दा धेरै १.१८ प्रतिशतले घटेको छ । हाइड्रोपावर कम्पनीहरुमा बिक्री चाप बढ्दा उक्त उपसमूहको सूचक घटेको हो । यस दिन कारोबारमा आएका १२ वटा उपसमूहमध्ये ४ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ८ उपसमूहको सूचक नकारात्मक देखिएको छ। नविल बैंकको सबैभन्दा धेरै ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने शिवम सिमेन्टको २७ करोड ९३ लाख, ग्लोबल आईएमई बैंकको २३ करोड ५० लाख, हिमालयन डिस्टिलरीको २० करोड र नेपाल लाइफको झण्डै १९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार नागरिक लगानी कोषको सेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने नारायणी डेभलपमेन्ट बैंकको पनि ९.९८ प्रतिशत र हिमालयन जनरल इन्स्योरेन्सको ७.५० प्रतिशतले बढेको छ । यता मल्टिपर्पस फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ भने सेन्ट्रल फाइनान्सको ४.०९ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ३.८६ प्रतिशत, युनाइटेड इदी मर्दिको ३.७७ प्रतिशत र राधि हाइड्रोको ३.७७ प्रतिशतले घटेको छ । यस दिन कारोबारमा आएका कम्पनीहरुमध्ये ९३ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ६५ वटा कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै १७ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

ताजा अपडेट

नेपालवाच विशेष