प्रचण्ड भन्छन्- ओलीको कदम नसच्चिए गलत नजीर बस्छ, अबका सरकार अस्थिर बन्छन्

काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले चालेको असंवैधानिक कदम नसच्चिए नेपालमा सधैंका लागि गलत नजीर बस्ने र सरकार सधैं अस्थिर हुने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले काठमाडौंमा गरेको विरोध प्रदर्शन अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ‘एकथरीले भन्ने गर्छन् हाम्रो पार्टी विभाजन भइ नै हाल्यो । संसद पुनस्थापन नभए पनि एक दुई वर्षपछि चुनाव हुन्छ । एक वर्षपछि स्थानीय चुनाव गर्नैपर्ने छ । यस्तो भएपछि किन विभाजनतिर जानुपर्यो ?’, प्रचण्डले भने, ‘वैशाखमा चुनाव त हुँदै हुँदैन । ल अर्को वर्षको वैशाखमा चुनाव होला । तर, ओलीको कदम नसच्चिकन चुनावमा जाँदा भोलि अर्को प्रधानमन्त्रीले ओलीले नै जसरी प्रतिनिधिसभा भंग गर्दिन्छ । गलत नजीर बस्छ । अनि नेपालीहरुको भाग्य र भविष्य के हुन्छ ? यसैले ओलीको गलत कदम सच्याउन सबै आन्दोलन गरौं ।’ प्रतिनिधिसभा विघटनको मुद्दालाई अदालतले सदर नगर्ने भन्दै प्रचण्डले आफूहरुले भरोसा गरेको बताए । प्रचण्डले भने, ‘अलोकतान्त्रिक कदम अदालतले सच्याउँछ भनेर भरोसा गर्छौ । तर, अन्तिम भरोस जनता नै हो ।’ हुनेवाला चुनावको घोषणा नगरिएको भन्दै प्रचण्डले भने, ‘गर्नलाई चुनाव घोषणा गरएको होइन । यस्तो दुर्घटना गराउनेले चुनाव गराउँछन् ? वैशाख उता ओली प्रधानमन्त्री रहँदैनन् । उनको पत्तासाफ हुन्छ । उनी श्री ३ महाराज हुँदैनन् ।’ एकाध महिना आन्दोलनलाई अगाडि बढाउँदा प्रतिगमन सच्चिने उनले बताए ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया