NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

महांकालखोल्सामा पाँच श्ययाको कोभिड अस्पताल

ललितपुर । ललितपुरको वाग्मती गाउँपालिका–३ भट्टडाँडास्थित महांकालखोल्सामा गाउँपालिकास्तरीय पाँच श्ययाको अस्थायी कोभिड–१९ अस्पतालको निर्माण सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले मंगलबार सो अस्पतालको उद्घाटन गर्दै मूलुकमा अझै कोरोना महामारी कायम रहेकाले संघीय सरकारको निर्णयलाई गाउँपालिकाले कार्यान्वयन गरी पाँच श्ययाको अस्पताल व्यवस्थापन गरेको बताए । उनले भने, ‘अब यहाँका जनतालाई कोभिड सङ्क्रमण भएमा राख्ने ठाउँको अभाव हुनेछैन । बिरामी उपचारका लागि आवश्यक सम्पूर्ण सामग्रीसमेत जुटाइसकेका छौं । अस्पतलमा एक एमबिबिएस चिकित्सक र दुई स्टाफ नर्ससमेत रहनेछन् ।’

ताजा अपडेट

नेपालवाच विशेष