सय दिनमा बुद्ध एयरबाट सेवा लिनेको संख्या झन्डै चार लाख

काठमाडौं । निजि वायुसेवा कम्पनी बुद्ध एयरले लकडाउन यता सय दिनमा (सेप्टेम्बर २१ देखि डिसेम्बर २९) मा झन्डै चार लाखलाई हवाई सेवा दिएको छ । एयरलाइन्सले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै हवाइ सेवा खुलेदेखि ३ लाख ७५ हजार भन्दा बढी यात्रुलाई हवाई सेवा दिएको जनाएको हो । गएको सय दिनमा दैनिक १५ गन्तव्यमा चार दर्जनभन्दा बढी उडान गरेको एयरलाइन्सले जनाएको छ । त्यसमा ३ लाख ७५ हजार भन्दा बढी यात्रुले सेवा लिएका छन् । जारी विज्ञप्तीमा बुद्ध एयरका हरेक उडान संक्रमणरहित भएको जनाइएको छ । यसको राय हरेक उडान अघि कर्मचारीले प्राप्त गरेका तालिम अनुरुप पालना गरेका मापदण्डलाई दिइएको छ । अन्तर्राष्ट्रिय संघसंस्थाले पालना गर्दै आएको सुरक्षा मापदण्ड अपनाउनुले नै हरेक उडान संक्रमणरहित भएको विज्ञिप्तमा उल्लेख गरिएको छ । हाल बुद्ध एयरले दुई बीचक्राफ्ट, तीनवटा एटिआर–४२ र आठवटा एटीआर–७२ जहाजमार्फत् सेवा दिँदै आएको छ । सात महिना पछि उडान सुरु भएपछि बुद्ध एयरले आकर्षक टुर प्याकेजसँगै माउन्टेन फ्लाइटमा पनि अफर ल्याएको थियो ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया