माकुना हात्तीको आक्रमणबाट एकको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–४ मा पुनः हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ । सोमबार राति कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको माकुना हात्तीको आक्रमणमा परेर कोशी–५ का मोती कामैतको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी अरुण मण्डलले बताए । दैनिक रुपमा आरक्षबाट निस्किने जंगली हात्तीले आक्रमण गर्न थालेपछि स्थानीयवासीले कटानमा चक्काजामसमेत गरेका छन् । केही दिन अगाडि पनि आरक्षबाट निस्केको हात्तीले कोशी गाउँपालिका–६ का प्रमोदकुमार यादवलाई आक्रमण गर्दा यादवको घटनास्थलमै मृत्यु भएको थियो । आरक्षमा रहेको माकुना हात्ती बौलाएको र त्यसलाई नियन्त्रण वा मार्नुपर्ने स्थानीयले मागसमेत गरेका छन् । माकुना हात्तीले अहिलेसम्ममा यो सहित १४ जनाको ज्यान लिइसकेको बताइएको छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया