आजका ‘गुड न्युज’ : धानको उत्पादन बढ्यो, गत वर्षभन्दा ७० हजार आठ सय टन बढी फल्यो

काठमाडौं । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू संप्रसित भए । त्यसमा नकारात्मक भाव बोकेका खबरहरूको बर्चस्व थियो । विकृत राजनीतिका खबरहरूले सञ्चारमाध्यमहरूको अधिकांश स्थान ओगटे । नकारात्मक खबरको बाढीका बीच केही सकारात्मक सन्देशहरू पनि प्रवाहित भएका छन् ।नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ । आजका ‘गुड न्युज’ : – धानको उत्पादन बढ्यो, गत वर्षभन्दा ७० हजार आठ सय टन बढी फल्यो मलको चरम अभाव झेले पनि देशभर चैते र वर्षे धान उत्पादनमा भने उल्लेख्य वृद्धि भएको छ । गत वर्ष भन्दा ७० हजार आठ सय ३१ मेट्रिक टन बढी धान उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यो वर्षको धानको उत्पादकत्व पनि हालसम्मकै भन्दा उच्च ३.८२ पुगेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. श्रीराम घिमिरेले जानकारी दिए । यो वर्ष देशभर कुल ५६ लाख २१ हजार सात सय १० मेट्रिकटन धान फलेको छ । यो वर्ष धान उत्पादन हुने क्षेत्रफल पनि १४ हजार पाँच सय ५९ हेक्टरले बढेर १४ लाख ७३ हजार चार सय ७४ हेक्टर पुगेको मन्त्रालयले जनाएको छ । प्रदेश २ मा यो वर्ष सबैभन्दा धेरै १४ लाख ३२ हजार मेट्रिक टन धान फलेको छ । प्रदेश १ मा १२ लाख ७५ हजार मेट्रिक टन धान उत्पादन भएको छ । यो वर्ष सबैभन्दा थोरै धान कर्णाली प्रदेशमा फलेको मन्त्रालयले जनाएको छ । उक्त प्रदेशमा १ लाख ३७ हजार मेट्रिकटन धान उत्पादन भएको छ । बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालन म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास कार्यक्रम र अस्पतालको आन्तरिक स्रोतबाट ६२ लाख ४० हजार रुपैयाँ लागतमा जिल्लामै पहिलो पटक अक्सिजन उत्पादन केन्द्र सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । ललितपुरमा पाँच शय्याको कोभिड अस्पताल निर्माण ललितपुरको वाग्मती गाउँपालिका–३ भट्टडाँडास्थित महांकाल खोल्सामा गाउँपालिका स्तरीय पाँच शय्याको अस्थायी कोभिड–१९ अस्पतालको निर्माण सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले मंगलबार सो अस्पतालको उद्घाटन गर्दै मूलुकमा अझै कोरोना महामारी कायम रहेकाले संघीय सरकारको निर्णयलाई गाउँपालिकाले कार्यान्वयन गरी पाँच शय्याको अस्पताल निर्माण गरिएको बताए ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया