NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

दलित समुदायसँग माधव नेपालले मागे माफी

काठमाडौं । विभाजित नेकपा प्रचण्ड समूहका नेता माधवकुमार नेपालले दलित जनित शब्द प्रयोगप्रति क्षमा मागेका छन् ।मंगलबार एक टेलिभिजन कार्यक्रमको अन्तरवार्ता दौरानमा नेता नेपालले दलितलाई होच्याउने उखान प्रयोग गरेका थिए । जसको चर्को आलोचना भएपछि नेपालले त्यसप्रति क्षमायाचना गरेका हुन् ।असावधानीवश दलित जनित उखान प्रयोग हुन पुगे पनि होच्याउने आफ्नो नियत नरहेको नेता नेपालले प्रष्ट पारेका छन् । ‘नेपाली समाजमा प्रचलित एउटा उखान प्रयोग गर्दा असावधानीवश दलित समुदाय लक्षित शब्द प्रयोग भएकामा क्षमा याचना गर्दर्छु,’ नेता नेपालले बुधबार बिहान फेसबुकमा लेखेका छन् । दलित समुदायप्रति आफ्नो उच्च सम्मान रहेको पनि नेता नेपालले प्रष्ट पारेका छन् । ‘आफ्नो सिंगो जीवन नै जातीय विभेदको अन्त्य र समानताको पक्षनमा लगाएको कुरा स्मरण गर्दै त्यसप्रतिको अविचलित प्रतिबद्धतासमेत व्यक्त गर्दछु,’ नेपालले लेखेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष