बैंकर्स संघको उपाध्यक्षमा अनिल उपाध्याय चयन

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको उपाध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायलाई चयन गरिएको छ । मंगलबार सम्पन्न साधारणसभाले रिक्त उपाध्यक्ष पदमा उपाध्यायलाई चयन गरेको हो । यसअघि नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भाटनगर संघको उपाध्यक्ष थिए । उनी नेपाल एसबीआई छाडेर एसबीआई बैंक, भारत फर्किएपछि उपाध्यक्ष पद रिक्त थियो । उता कार्यसमिति सदस्यहरुमा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार डे र सन्तोष कोइराला चयन भएका छन् । दुवै सदस्य पद पनि लामो समयदेखि रिक्त थियो ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया