वैशाखमा न चुनाव हुन्छ, न ओली नै प्रधानमन्त्री रहनेछन्ः पुन

रोल्पा । राजनीतिक रुपले विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य वर्षमान पुनले वैशाखमा चुनाव पनि नहुने र ओली प्रधानमन्त्री समेत नरहने बताएका छन् । रोप्लाको लिबाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुनले यसो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दै वैशाखमा चुनाव गर्ने घोषणा गरेका थिए । तर, पुनले भने वैशाखमा चुना नहुने र ओली प्रधानमन्त्री पदमा पनि नरहने दावी गरेका छन् । उनले भने, ‘अब न वैशाखमा चुनाव हुन्छ, न त उहाँ प्रधानमन्त्री रहिरहनुहुन्छ ।’ त्यस्तै पुनले इतिहासको दिशालाई उल्ट्याउन खोज्दा आफ्नो राजनीतिक जीवन नै धरापमा पारेको तर्क राखेका थिए । पुनले भने, ‘इतिहासको दिशालाई उल्ट्याउन खोज्दा उहाँको राजनीतिक जीवन नै धरापमा परेको छ।’
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया