NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

कोरोना महामारीको एक वर्षपछिको वुहान

वुहान । चीनको हुवेइ प्रान्तको वुहान शहरमा कोरोना भाइरस (कोभिड १९) पत्ता लागेको एक वर्ष पुगेको छ । पहिलो पटक भेटिएसँगै विश्वभर फैलिएको यो भाइरसको नयाँ प्रकारले अहिले फेरि विश्व आक्रान्त पारिरहेको छ । बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार फैलिएपछि युरोपका कतिपय देशले यात्रु आगमनमा फेरि कडाइ गरेका छन् । दक्षिण अफ्रिका र यूरोपका कतिपय देश कोरोनाको दोस्रो लहर खेपिरहेका छन् । नेपालमैै पनि दोस्रो लहर सुरु हुनेबारे यतिबेला विज्ञहरू विचार विमर्श गरिरहेका छन् । विश्वभर कोरोना भाइरसका संक्रमित थपिने क्रम अझै रोकिएको छैन । जोन्स होप्किन्स युनिभर्सिर्टिको तथ्यांकअनुसार हालसम्म विश्वभर ८ करोड २० लाखजना भाइरसबाट संक्रमित भएका छन् भने १६ लाखले ज्यान गुमाएका छन् । संक्रमण र मृत्यु संख्या अत्याधिक हुनेमा अमेरिका शिर्ष स्थानमा छ । हालसम्म त्यहाँको संक्रमित संख्या १ करोड ९० लाख रहेको छ भने तीन लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन् । यता भाइरसकोे एपिसेन्टर रहेको वुहान भने सामान्य अवस्थामा फर्किसकेको छ । गत वर्षको डिसेम्बरमा वुहानमा पहिलो पटक नोेवेल कोरोना भाइरस देखा परेको थियो । पहिलो पटक कोभिड १९ देखिएको वुहान शहर एक वर्षपछि भने पुरानै अवस्थामा फर्किसकेको छ । विश्वमा अझैं भाइरसको डर यथावत रहेको बेला वुहानका गल्ली, क्लब, सार्वजनिक स्थलमा हिजोआज पुनः मान्छेको भिडभाड बाक्लिन थालेको छ । गत अगस्टदेखि नै वुहानका जनता सामान्य जनजीवनमा फर्किन थालेका थिए । १ करोड १४ लाख जनसंख्या रहेको वुहानमा भाइरसको प्रकोप फैलिन थालेपछि ६ दिनमै वुहानले कोभिड अस्पताल तयार गरेको थियो । त्यो बेला अस्पतालहरु बिरामीले भरिभराउ थिए भने औंषधीको हाहाकार मच्चिएको थियो । एक वर्षअघिको त्यो भयानक दृश्य र अहिलेको दृश्य विल्कुल फरक देखिन्छ वुहानमा । वर्षदिनअघि मात्रै भयावाह स्थितीमा गुज्रिएको वुहानका जनताले हालको अवस्था दोस्रो जुनीजस्तै भएको बताएका छन् । अहिले वुहानमा मान्छेहरु पुरानै अवस्थामा फर्किएर झुमिरहेका छन् । क्याफेदेखि रेष्टुरा, बारदेखि लाउन्जहरु सबैतिर मानिसको चहलपहल बढिरहेको छ । तस्बिरहरुः एली सङ/रोयटर्स

ताजा अपडेट

नेपालवाच विशेष