प्रचण्ड नेपाल समूहलाई संकेत गर्दै प्रधानमन्त्री ओलीले भने-कमिलालाई काल आयो भने पखेँटा पलाउँछ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको प्रचण्ड– नेपाल समूह अहिले पखेँटा आएको कमिला जस्तै भएको बताएका छन् । काठमाडौंको बबरमहलमा आयोजित सुदूरपश्चिमका ओलीपक्षीय कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै उनले यसो बताएका हुन् । ‘कमिलालाई काल आयो भने पखेँटा पलाउँछ रे,’ ओलीले भने, ‘अहिले यीनिहरुको पनि पखेँटा पलाएको छ । त्यसैले त फुरफुर गरिरहेका छन्, सडकमा जे सुकै बोल्दै हिँडिरहेका छन् ।’ प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा दुई पक्षमा विभाजित भएको छ । विभाजित भएसँगै ओली समूह र प्रचण्ड–नेपाल समूहले एकअर्कालाई कटाक्ष गरिरहेका छन् ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया