आयोगद्वारा लैंगिक तथा समावेशी नीति २०७७ स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनका सबै चरण र प्रक्रियालाई लैंगिक तथा समावेशी बनाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन गराउन ‘निर्वाचन व्यवस्थापनमा लैंगिक तथा समावेशी नीति २०७७’ स्वीकृत गरेको छ । नीति तर्जुमा गर्दा दल, राज्यव्यवस्था तथा सुशासन समिति सांसद, विभिन्न समितिका पदाधिकारी, अन्तर पार्टी महिला संजाल, नीतिसँग सम्बन्धित संवैधानिक आयोग, सरकारका विभिन्न सरोकारवाला मन्त्रालयसहितसँग छलफल गरी सुझाव समेटेको आयोगले जनाएको छ । नीतिमा लैंगिक तथा समावेशी आधारमा निर्वाचन व्यवस्थापनका सबै तह, चरण र प्रक्रियामा महिला तथा लक्षित वर्गको सहभागिता र भूमिका स्थापित गर्नेसहितका उद्देश्य रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पाँचवटा रणनीति अन्तर्गत ५७ वटा कार्यनीतिहरु तय गरिएको नीतिको कार्यान्वयनको लागि निर्देशक समिति, अन्तर निकाय समन्वय समिति, कार्यान्वयन समिति र जिल्ला समिति गरी चार वटा समिति गठन गरिएको आयोगले जनाएको छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया