निर्मला काण्डमा बर्खास्त भएका एसपी विष्टलाई मन्त्रिपरिषद्बाट पुनर्बहाली

काठमाडौँ । सरकारले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा बर्खास्त भएका एसपी डिल्लीराज विष्टलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले विष्टलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो । गत साउनमा जिल्ला अदालत कञ्चनपुरले बर्खास्त भएका विष्टलाई सफाइ दिदै पुनर्बहाली गर्न फैसला गरेको थियो । अदालतले उक्त घटनामा कारबाही गरिएका अन्य प्रहरीहरुको निलम्बन पनि फुकुवा गर्न आदेश दिएको थियो । उक्त घटनामा जोडिएका अन्य प्रहरीहरुको निलम्बन फुकुवा भइसकेको छ । विष्टलाई भने सरकारले बर्खास्त नै गरेकाले मन्त्रिपरिषदको बैठकले अदालतको फैसलाका आधारमा पुनर्बहाली गरेको हो । यस्तै त्यही घटनामा मुछिएर बर्खास्त भएका इन्स्पेक्टर जगदिशप्रसाद भट्टलाई पनि सरकारले पुनर्बहाली गरेको छ । निर्मला काण्डमा एसपी विष्ट र भट्टको संलग्नताका आधारमा सरकारले बर्खास्त गरी छानविन अघि बढाएको थियो । गृह मन्त्रालयले गरेको छानविनमा निर्मला काण्डका एसपी विष्ट र इन्स्पेक्टर भट्टको संलग्नता नरहेको तर उजुरी र घटनापछिको अनुसन्धानमा हेलचक्राइ गरेको निष्कर्ष सहितको प्रतिवेदन तयार पारेको थियो । घटनामा हेलचक्राई गरेको, प्रमाण नष्ट गरेको र असम्वन्धित व्यक्तिलाई यातना दिएर छानविनमा लापरबाही गरेको भन्दै बर्खास्त गरीएको थियो । एसपी विष्ट सहितको कारबाहीमा परेका प्रहरीहरुले बर्खास्त गर्ने सरकारको निर्णय विरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्धा दायर गरेका थिए । अदालतले उनीहरुको बर्खास्ती पुनर्बहाली र निलम्बन फुकुवा गर्न आदेश दिएको थियो । आदालतको त्यही आदेश अनुसार गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदको वैठकले विष्ट र भट्टराईलाई पुनर्बहाली गरेको हो ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया