बैंकहरूले थप घटाए बचतकर्तालाई दिने निक्षेपको ब्याज, कुन बैंकको कति ?

काठमाडौं । बैंकहरूले बचतकर्तालाई दिने निक्षपको ब्याजदर थप घटाएका छन् । तरलता बढ्दै गएपछि बैंकहरूले निक्षेपकर्तालाई दिने ब्याज पनि घटाएका हुन् । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै मुद्दति निक्षेपको माथिल्लो र बचतको न्यूनतम ब्याजबीचको अन्तर ५ प्रतिशत भन्दा बढी हुन नहुने नीतिको व्यवस्था गरेको थियो । बैंकहरुले मुद्दति निक्षेपमा बचतकर्तालाई धेरै ब्याजदर दिने र साधारण बचतमा थोरै ब्याज दिने गरेको कारण राष्ट्र बैंकले त्यसलाई सन्तुलनमा ल्याउन यस्तो नीति ल्याएको हो । यस्तो छ बैंकहरूको बचत र ऋणको ब्याजदर नेपाल बैंक नेपाल बैंकले बचतकर्तालाई न्यूनतम २.५० देखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७ प्रतिशत तोकेको छ । असोज मसान्तसम्म बैंकको आधार दर ६.८१ प्रतिशत छ । यसमा १ देखि ४.६६ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिन्छ । यता, स्थिर कर्जाको ब्याजदर ९.३५ प्रतिशतदेखि १३.९३ प्रतिशतसम्म हुने बैंकले जानकारी दिएको छ । नबिल बैंक नबिल बैंकले बचतकर्तालाई न्यूनतम १.५० देखि अधिकतम ३.५० प्रतिशतसम्मको ब्याजदर कायम गरेको छ । बैंकले व्यक्तिगत मुद्दतिमा अधिकतम ६.५० प्रतिशत ब्याज दिन्छ । यो एक वर्षभन्दा बढी समयको मुद्दतिको ब्याजदर हो । ३ महिना अवधिको मुद्दति ब्याजदर ४ प्रतिशत निर्धारण भएको बैंकले जानकारी दिएको छ । नविलको मंसिर मसान्तसम्मको बेस रेट ६.१२ प्रतिशत छ । यसमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जानकारी दिएको छ । स्थिर ब्याजमा घर कर्जाका लागि बैंकले न्यूनतम ८.४९ देखि ११.५० प्रतिशतसम्म ब्याजदरमा ऋण दिने बताएको छ । एनएमबि बैंक एनएमबि बैंकले बचतकर्तालाई न्यूनतम ३.१ प्रतिशत देखि अधिकतम ५.१ प्रतिशतसम्म ब्याजदर कायम कायम गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८ र न्यूनतम ५.७५ प्रतिशत ब्याज बैंकले निर्धारण गरेको छ । असोज मसान्तसम्मको आधारदर ७.८५ प्रतिशत रहेको छ । यसमा एनएमबिले अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर ऋण प्रवाह गर्न सक्छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.२५ देखि अधिकतम १२.२४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । ग्लोबल आइएमई बैंक ग्लोबल आइएमई बैंकले बचतकर्ताको निक्षेपमा न्यूनतम २ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ७ प्रतिशत ब्याज निर्धारण गरेको छ । बैंकको असोज मसान्तसम्मको ब्याजदर ७.२५ प्रतिशत रहेको छ । यसमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह हुने बैंकले जनाएको छ । स्थिर ब्याजदरको लागि बैंकले न्यूनतम ७.९९ देखि अधिकतम १३.९९ प्रतिशतसम्म ब्याजदरमा कर्जा प्रवाह गर्ने बैंकले जानकारी दिएको छ । कृषि विकास बैंक बैंकले बचतकर्तालाई न्यूनतम ब्याज ३.५० देखि अधिकतम ५ प्रतिशतसम्मको ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ७.२५ प्रतिशत कायम भएको छ ।मुद्दतिको न्यूनतम ब्याजदर ६.२५ प्रतिशत निर्धारण भएको बैंकले जानकारी दिएको छ । बैंकको मंसिर मसान्तसम्मको आधारदर ८.४८ प्रतिशत छ । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । मेगा बैंक मेगा बैंकले बचतकर्तालाई न्यूनतम २ देखि अधिकतम ४ प्रतिशतसम्मको ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ७ प्रतिशत रहेको छ । यो एक वर्षभन्दा लामो समयको मुद्दति निक्षेपका लागि हो । मंसिर मसान्तसम्म बैंकको आधार दर ७.५९ प्रतिशत छ । यसमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर ऋण प्रवाह गर्ने बैंकले जनाएको छ । एभरेष्ट बैंक एभरेष्ट बैंकले बचतको न्यूनतम ब्याज २ देखि अधिकतम ४ प्रतिशतसम्म तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ६.५० प्रतिशत तोकेको छ । मंसिर मसान्तसम्म बैंकको आधार दर ६.५० प्रतिशत छ । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ । हिमालयन बैंक हिमालयन बैंकले बचतको न्यूनतम ब्याजदर २ देखि अधिकतम ४ प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७ प्रतिशत र न्यूनतम ४ प्रतिशत निर्धारण गरेको छ । मंसिर मसान्तसम्मको अधारदर ६.८८ प्रतिशत रहेको छ । यसमा बैंकले अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर ऋण प्रवाह गर्ने गर्छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.४९ प्रतिशतदेखि अधिकतम १०.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । माछापुछ्रे बैंक माछापुछ्रे बैंकले बचतकर्ताको लागि न्यूनतम २ देखि अधिकतम ४ प्रतिशतसम्म निर्धारण गरेको छ । यता बैंकले व्यक्तिगत मुद्दतिको लागि ब्याजदर ७ प्रतिशत कायम गरेको जानकारी दिएको छ ।मंसिर मसान्तसम्म बैंकको आधारदर ७.८२ प्रतिशत रहेको छ । यसमा बैंकले ६.५० प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिने छ । सनराइज बैंक सनराइज बैंकले बचतमा न्यूनतम २ देखि अधिकतम ३.५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ । यता, मुद्दति निक्षेपमा व्यक्तिगतर्फ ७ प्रतिशत ब्याज निर्धारण गरेको छ ।मंसिर मसान्तसम्मको बैंकको आधार दर ७.२४ प्रतिशत रहेको छ । यसमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्नेछ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम १०.५० देखि अधिकतम १३.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । प्रभु बैंक प्रभु बैंकले बचतको न्यूनतम ब्याजदर २ र अधिकतम ब्याजदर ४ प्रतिशत निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ७.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।बैंकको असोज मसान्तसम्मको आधारदर ७.३९ प्रतिशत कायम भएको छ । यसमा अधिकतकम ४ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले ऋण दिनेछ । स्थिर ब्याजदरको लागि न्यूनतम ९.९९देखि अधिकतम ११.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । सिभिल बैंक सिभिल बैंकले बचतको न्यूनतम ब्याज ३ र अधिकतम ५ प्रतिशत कायम गरेको छ ।व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८ प्रतिशत कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो । त्यस्तै, तीन महिनासम्मको मुद्दति निक्षेपको ब्याजदर ५.५० प्रतिशत कायम भएको छ । बैंकको मंसिर मसान्तसम्मको आधार दर ८.८८ प्रतिशत छ । यसमा ३ प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकको भनाइ छ । नेपाल बंगलादेश बैंक नेपाल बंगलादेश बैंकले बचतको न्यूनतम ब्याजदर २.७५ र अधिकतम ४ प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.७५ र न्यूनतम ६ प्रतिशत निर्धारण गरेको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.९९ देखि अधिकतम १२.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । लक्ष्मी बैंक लक्ष्मी बैंकले बचत खातामा न्यूनतम २ प्रतिशत अधिकतम ४ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।मुद्दति निक्षेपमा व्यक्तिगतर्फ ३ महिनाका लागि ६ र एक वर्ष माथि ७ प्रतिशतसम्म ब्याजदर दिन्छ । बैंकको मंसिरसम्मको आधार दर ७.७४ प्रतिशत छ । यसमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ । कुमारी बैंक कुमारी बैंकले बचत खातामा न्यूनतम २ प्रतिशत अधिकतम ४ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ५ प्रतिशतदेखि ७ प्रतिशतसम्म ब्याजदर तोकेको छ । कर्जातर्फ आधार दरमा अधिकतम ७ प्रतिशतसम्म प्रिमियम तोकेको छ । बैंकको मंसिर महिनामा आधार दर ८.०१ प्रतिशत छ । बैंकले न्यूनतम १०.५० देखि अधिकतम ११ प्रतिशतसम्ममा स्थिर कर्जा दिने जनाएको छ । सानिमा बैंक सानिमा बैंकले बचतको ब्याज न्यूनतम २ र अधिकतम ब्याजदर ४ प्रतिशत निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको ब्याजदर अधिकतम ६.५० र न्यूनतम ५.५० प्रतिशत निर्धारण गरेको छ ।बैंकको मंसिर मसान्तसम्मको आधार दर ६.९० प्रतिशत छ । यसमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्दै आएको छ । सिद्धार्थ बैंक सिद्धार्थ बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा न्यूनतम २ देखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ६ देखि अधिकतम ७ प्रतिशत सम्म ब्याजदर दिने भएको छ ।यता, यसको मंसिर महिनामा आधार दर ७.५६ प्रतिशत छ । बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा न्यूनतम ३.५० देखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गर्ने जनाएको छ । स्थिर ब्याजदरको लागि बैंकले न्यूनतम ८.४९ देखि अधिकतम ११.४९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । सेञ्चुरी कमर्सियल बैंक सेञ्चुरी कमर्सियल बैंकले बचतको न्यूनतम ब्याज २.५० र अधिकतम ४.५० प्रतिशत राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५० प्रतिशत कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो । अघिल्लो महिना एक वर्षभन्दा माथिको मुद्दति निक्षेपको लागि बैंकले ८ प्रतिशत ब्याजदर दिएको थियो । यता, बैंकको मंसिर मसान्तसम्मको आधार दर ८.४७ प्रतिशत रहेको छ । यसमा ३ देखि ६ प्रतिशतसम्म प्रिमियम थप गरेर विभिन्न कर्जा दिइने बैंकको भनाइ छ । यता, बैंकले घर कर्जाका लागि ११.४९ देखि १२.९९ प्रतिशतसम्म स्थिर ब्याज दर निर्धारण गरेको छ ।
प्रतिक्रिया