NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

लय गुमेको पुनर्निर्माण : कमलपोखरीमा धाँजा फाट्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले कमलपोखरीलाई पुनः निर्माण गर्न थालेका महिनौं बितिसक्यो । स्थानीयले मौलिकता मासिने भन्दै पटक पटक महानगरको कामको विरोध गरिरहेका छन् । तर, पोखरीलाई कन्क्रिटले घेर्ने काम रोकिएको छैन् । स्थानीय ‘कमलपोखरी स्पोस्र्टस क्लब’का अध्यक्ष भीमसेन मैनाली पोखरी निर्माण गर्दा महानगरले पानी नसुकाई निर्माण गर्ने वाचा गरेपनि सो अनुसार काम नभएको बताउँछन् । शुक्रबार रानीपोखरी संरक्षण समितिले कमलपोखरी क्षेत्रमा सांकेतिक रुपमा विरोध गरेको थियो ।विरोध कार्यक्रममा बोल्दै मैनालीले महानगरले पानी सुकाएर काम गरेकाले पोखरीका जीवजन्तु मर्नुका साथै मौलिकता मासिने र पछि पोखरीमा पानी नजम्ने डर भएको बताए । अहिले कमलपोखरीमा पानी नभएर धाँजा फाटेको छ, माछा, कछुवा लगायतका जीवहरु मरेका छन् । हेर्नुहोस भिडियोमा कमलपोखरीको अहिलेको अवस्थाः https://www.youtube.com/watch?v=drMQ5N4Rt8U