नेपाल राष्ट्र बैंकमा कर्मचारी एकता अधिवेशनबाट अध्यक्षमा थापा

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ, थापाथली समिति तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंक थापाथली ईकाइको एकता अधिवेशनले बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारीको हक,अधिकार र सुरक्षाको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएको छ । माघ २ गते शुक्रवार बैंकको बालुवाटार परिसरमा आठौं एकता अधिवेशनले बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारीको हक,अधिकार र सुरक्षाको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएको हाे । अधिवेशनको बन्दसत्रद्वारा सांगठनिक एवम् आर्थिक प्रतिवेदनहरु पारित गर्दै डिल्ली कुमार थापाको अध्यक्षतामा ९ सदस्यीय नेपाल राष्ट्र बैंक कर्मचारी संघ, थापाथली समिति तथा ११ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु चयन भएको छ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ, थापाथली समितिका अध्यक्ष श्रीलाल कार्कीको अध्यक्षता तथा नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा.नीलम ढुङ्गाना तिम्सिनाज्यूको प्रमुख आतिथ्यमा संचालित अधिवेशन भएको थियो । उद्घाटन सत्रमा एकता संयोजन समितिका संयोजक रुद्रप्रसाद तिम्सिना र सह संयोजक रेशम बहादुर बल्छौंडीले विशेष अतिथिको रुपमा सम्बोधन गरेका थिए । समितिमा उपाध्यक्ष वासु रिजाल, सचिव वेदनिधि (वि.एन.) सापकोटा, सहसचिव लुमणि खनाल, कोषाध्यक्ष प्रकाश पोखरेल तथा सदस्यहरुमा राजेश अर्याल, शोभा पाठक, प्रकाश अधिकारी, टंक प्रसाद वाग्ले रहेका छन् । निर्वाचित पदाधिकारीहरुलाई एकता संयोजन समितिका संयोजक तथा नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष रुद्रप्रसाद तिम्सिना एवम् संघका महासचिव गोविन्द प्रसाद भण्डारीले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
प्रतिक्रिया