प्रतिनिधि सभा पुर्नस्थापना की विघटन ? आजबाट निरन्तर बहश

काठमाडाैँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेको रिटमाथि संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ हुँदैछ । शुक्रबार बसेको संबैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेको रिटमाथि संबैधानिक इजलासमै सुनुवाई गर्ने फैसला गरेको थियो । अब आजबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले निरन्तर सुनुवाई गर्नेछ । प्रतिनिधि सभा विघटन गर्ने निर्णय खारेको माग गर्दै सर्वोच्चमा १३ वटा रिट दर्ता भएका छन् । उनीहरुले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै आएका थिए । तर माघ दुई गते संबैधानिक इजलासमै सुनुवाई हुने तय भएको हो । गत १० पुस गते सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । आदेशअनुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखले गत पुस १९ गते महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश भइसकेको छ । याे पनि पढ्नुस् सर्वोच्च अदालतमै ‘सेटिङ’ अदालतमा मुद्दा विचाराधीन, प्रतिपक्षीमात्र होइन सरकारलाई नै छैन विश्वास, तर निर्वाचन आयोगदेखि सुरक्षा निकायलाई चुनावको रन्को प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा पठाएको जवाफमा आधा दर्जन झुट तर्क चार पूर्व प्रधानन्यायाधीशलाई ओलीले भने अदालतलाई धम्क्याउन पाउनुहुन्न सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउँछः मीनेन्द्र रिजाल ओलीले २०७३ सालमा संसदमै भनेका थिए– संसद भंग हुँदैन [भिडियोसहित]
प्रतिक्रिया