मतदान केन्द्र व्यवस्थित गर्न सिडियोको अध्यक्षतामा समिति गठन गरिने

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनलाई व्यवस्थित गराउने गरी दलहरुसँग छलफल अघि बढाएको छ । निर्वाचन आयोगमा आइतबार राजनीतिक दलहरुसँगको छलफलमा १५ माघमा मतदाता नामावली प्रकाशन गर्ने र मतदान केन्द्रलाई व्यवस्थित गर्न सिडियोको अध्यक्षतामा समिति गठन गर्ने विषयमा छलफल गरेको छ । छलफलमा सहभागी कांग्रेस नेता आनन्द्रप्रसाद ढुंगानाले मतदाता र मतदान केन्द्रका विषयमा मुख्य छलफल गर्न आयोगले दलहरुलाई बोलाएको जानकारी दिए । ‘पहिलेका गाविसहरु अहिले पालिकाका वडा भएका छन् । यस्तोमा मतदान केन्द्र व्यवस्थित बनाउनुपर्ने भएको छ । यसको लागि सिडियोको अध्यक्षतामा सबै जिल्लामा समिति गठन गरी मतदान केन्द्रलाई व्यवस्थित बनाउने कुरा भएको छ । केन्द्र मिलाउँदा जनतालाई थप पायक पर्ने गरी बनाउने भन्ने भएको छ’ ढुंगानाले भने, ‘यसरी मतदान केन्द्रलाई व्यवस्थित बनाउँदा राजनीतिक दलहरुको समन्वय र छलफलमा हुन्छ ।’ आयोगले मतदाता नामावली १५ माघमा प्रकाशित गर्न पनि प्रस्ताव गरेको छ । तर, प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा चलिरहेकोले यो निर्वाचन तयारीको कामलाई तत्काल अघि बढाउन नहुने मत नेकपाका प्रचण्ड–माधव नेपाल समूहका नेताले गरेका थिए । तर, कांग्रेसका तर्फबाट भने १५ माघमा नामावली प्रकाशित गर्नमा कुनै असन्तुष्टि नराखिएको ढुंगानाले जानकारी दिए । ५ पुसमा सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गतेलाई निर्वाचन घोषणा गरेपछि आयोगले निर्वाचनको तयारीलाई अघि बढाएको हो ।
ताजा अपडेट
-
अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क
-
एमालेले कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी गर्दै
-
प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुन : काठमाडौँमा आकस्मिक अवतरण
-
एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
प्रतिक्रिया