परराष्ट्रमन्त्री ज्ञवाली भारतीय रक्षामन्त्रीसँग झुकेको हल्ला, यस्तो हो वास्तविकता [भिडियोसहित]

काठमाडौं । माघ १ गते नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणका लागि गएका थिए । ज्ञवाली भारत भ्रमणमा गएसँगै नेपालको नयाँ नक्सा र कालापानी तथा लिपुलेक भुभागलाई लिएर भारतमा छलफल हुने अपेक्षा धेरैलाई थियो । तर, भारत पुगेका ज्ञवालीले सो विषयमा कुनै कुरा गरेनन् । बरु, उनी भारत गएको केही दिनपछि माघ ३ गते सामाजिक सञ्जालमा एक तस्वीर चर्चामा आयो । ज्ञवालीले भारतका रक्षामन्त्री राजनाथ सिंहसँगको भेटमा झुकेर नमस्कार गरेको तस्वीरलाई लिएर सामाजिक सञ्जालमा निकै टिकाटिप्पणी भईरहेका थिए । सामाजिक सञ्जालमा ज्ञवालीले नेपालको शिर निहुर्याएको देखि अनेक किसिमका टिप्पणीहरु सम्प्रेषण भईरहे । तर, वास्तविकता भने तस्वीरमा देखिएकोभन्दा विल्कुल फरक थियो । ज्ञवाली र सिंहबीच जनवरी १६ अर्थात शनिवार भेटवार्ता भएको थियो । नयाँ दिल्ली पुगेका ज्ञवालीले शनिवार भारतका रक्षामन्त्री राजनाथ सिंहसँगको भेटवार्तामा नेपाल र भारतको सम्बन्धको बारेमा छलफल गरेका थिए । उक्त भेटको भिडियो समाचार एजेन्सी एनआईले खिचेको थियो । सामाजिक सञ्जालमा भाइरल भएको तस्वीरचाँहि त्यही भिडियोबाट निकालिएको हो । तस्वीरमा ज्ञवाली झुकेको जस्तो देखिए पनि वास्तवमा उनी सिंहलाई भेट गरेपछि एकअर्कालाई शिष्टाचार गर्दा नमस्कार गर्दै हात मिलाउँदाको क्षण थियो त्यो । हेर्नुहोस् भिडियोमा वस्तविकता के थियो : https://www.youtube.com/watch?v=xUJyNhpdK4A&fbclid=IwAR04IVDI_z6J2D3-5ROHP41tpxaDvBsiEy84fAC4_9DzexYVWbrry7eqUKM
ताजा अपडेट
-
एमालेले कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी गर्दै
-
प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुन : काठमाडौँमा आकस्मिक अवतरण
-
एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
-
नाम्खाका पहिरो प्रभावितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह
प्रतिक्रिया