सर्वोच्चले बिशेष अदालतसँग माग्यो, दिप बस्न्यातको फाइल

काठमाडौँ । सर्वोच्च अदालतले ललितानिवास जग्गा हिनामिनामा मुछिएका दिपकुमार बस्न्यातसँग सम्वन्धित फाइल मगाएको छ । ललितानिवास जग्गा हिनामिनामा संलग्न दावी गर्दै अख्तियारले दायर गरेको मुद्धामा विशेष अदालतले बस्न्यातलाई थुनामा पठाएको थियो । थुनामा पठाउने बिशेष अदालतको फैसला विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले सर्वोच्चमा पुनरावेदनको निवेदन दर्ता गराएका थिए । सर्वोच्चका न्यायाधीश हरि फुयालको इजलास नं १० को एकल इजलासले आज कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको हो । २८ मंसिर ०७६ कम विशेष अदालतले बालुवाटारको सरकारी जग्गा गैरकानुनी ढंगले व्यक्तिका नाममा लैजान मतियारको भूमिका खेलेको अभियोगमा बस्नेतलाई थुनामा पठाउने आदेश दिएको थियो । बस्न्यातलाई सरकारले ०६४ साउन १९ मा भौतिक पूर्वाधार सचिवमा नियुक्त गरेको र उनी २७ गते मन्त्रालयमा हाजीर भएको, तर प्रधानमन्त्री निवासमा भवन निर्माण गर्ने लगायतका परियोजना बनाउने निर्णय ०६४ वैशाख १४ मा भएको बस्न्यातको निवेदनमा उल्लेख थियो ।
ताजा अपडेट
-
एमालेले कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी गर्दै
-
प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुन : काठमाडौँमा आकस्मिक अवतरण
-
एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
-
नाम्खाका पहिरो प्रभावितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह
प्रतिक्रिया