बालिका र वृद्धबीच हुन लागेको विवाह रोकियो

सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा १५ वर्षीया बालिका र ४३ वर्षीय पुरुषबीच हुन लागेको अनमेल तथा बाल विवाह प्रहरीले रोकेको छ । प्रहरीले उमेर नपुगेकी बालिकाको ४३ बर्षीय पुरुषसँग विवाद गराउन संलग्न अन्यलाई पक्राउ समेत गरेको छ । स्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले मंगलबार त्यस्तो बालविवाह रोकेको हो । बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिएको छ । रामपुर मल्हनिया प्रहरी चौकीको टोलीले हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ की १५ वर्षीया बालिका, उनकी ४५ वर्षीया आमा, सोही ठाउँका ६७ वर्षीय रामेश्वर शर्मा सुतिहार र बेहुलाको रुपमा तयार पारिएका सप्तरीको तिरहुत गाउँपालिका–३ गोइठीका ४३ वर्षीय विनोद शर्मा सुतिहारलाई नियन्त्रणमा लिएको हो । स्थानीयका अनुसार १५ वर्षीया बालिका र ४३ वर्षीय पुरुषबीच विवाहका लागि रामेश्वरले छलफल चलाएका थिए । बालिकाका बुवाले दोस्रो विवाह गरी परिवार छाडेर हिँडेपछि चार सन्तानलाई पालनपोषण गर्दै आएकी बालिकाकी आमाले गरिबीका कारण अनमेल तथा बालविवाह गराउन खोजेको बयान दिएकी छिन् ।
ताजा अपडेट
-
अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क
-
एमालेले कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी गर्दै
-
प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुन : काठमाडौँमा आकस्मिक अवतरण
-
एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
प्रतिक्रिया