सरकारको कदमविरुद्ध जसपाको आन्दोलन

काठमाडौं । ५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा जनता समाजवादी पार्टीले दोस्रो चरणको आन्दोलन आज अन्तिम दिनको आन्दोलन गर्दैछ । असंवैधानिक ,अलोकतान्त्रिक र प्रतिगमनकारी कदममको विरुद्धमा घोषित दोस्रो चरणको कार्यक्रम देशभेर बुधबार देशभर प्रदर्शन र विरोधसभाहरु हुँदै गरेको जानकारी जसपाका नेता केशव झाले जानकारी दिए । विरोध कार्यक्रम अन्तर्गत देशैभर विरोधसभा हुने जानकारी उनले दिए । जसअनुसार ललितपुर जिल्लाद्वारा आयोजित विरोध कार्यक्रम अन्तर्गत लगनखेल बसपार्कमा हुने विरोधसभालाई नेता झाले सम्बोधन गर्दैछन् । देशभर नै यसरी विराेधसभा हुने जानकारी उनले दिए ।
प्रतिक्रिया