NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

भारतले पाकिस्तानबाहेकका सार्क देशलाई अनुदानमा कोरोनाको खोप उपलब्ध गराउने

काठमाडौं । भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मार सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । भारतको बाह्य मामिला मन्त्रालयले आज विज्ञप्ति जारी गरी छिमेकीहरु भारतका मुख्य साझेदार देशलाई आफ्नो मुलुकमा उत्पादित कोरोनाविरुद्धको खोप आपूर्ति गर्न आग्रह गरेको जनाउँदै आजैदेखि नेपाल, भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मार सेसेल्सलाई खोप उपलब्ध गराउने बताएको हो । अफगानिस्तान, श्रीलङ्का र मरिसस्बाट भने खोपको स्पष्ट आवश्यकतासम्बन्धी जानकारी प्राप्त नभएकाले ती देशमा आवश्यकताअनुसार पछि उपलब्ध गराइने जनाइएको छ । पाकिस्तानकाे विषयमा भारतले केही उल्लेख गरेकाे छैन ।