NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

भोलिदेखि आउने कोरोनाको खोप सबैभन्दा पहिले यिनीहरुले लगाउन पाउँनेछन्

काठमाडौं । विश्वका अरु देशमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन सुरु गरिएको एक डेढ महिनापछि बिहीबारबाट नेपालमा पनि खोप आउँने भएको छ । भारतले १० अनुदानमा दिन लागेको १० लाख डोज खोप बिहीबारदेखि नेपाल आउँनेछ । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजुदत विनयमोहन क्वात्राले नेपालमा खोप ल्याउन लागेको घोषणा गरेका हुन् । बिहीबारबाट आउँने खोप पहिलो चरणमा अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मीलाई लगाउने जानकारी स्वास्थ्य मन्त्रालय स्वास्थ्य समन्वय महाशाखा प्रमुख प्रा.डा. जागेश्वर गौतमले दिए । ‘पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक र शव व्यवस्थापन गर्ने टिमलाई कोरोनाविरुद्धको खोप लगाउँछौं’ गौतमले नेपालवाचसँग भने, ‘बुधबार घोषणा गरिएको १० लाख डोज दुई चार दिनभित्र आइपुग्छ । पुगेसम्म फ्रन्टलाइनमा काम गर्नेहरुलाई यो खोप लगाउँछौं । नपुगे किनेर लगाउने भन्ने छ ।’ याे पनि पढ्नुस् नेपालमा भोलिदेखि कोरोनाको खोप आउँने